Monday, June 3, 2013

दिब्य उपदेश



जीवभित्र नै आत्मा हुन्छ,र आत्मा भित्र नै परमात्माले बास गर्छन,मन नै मन्दिर हो मन मन्दिरलाई पबित्र गराई परमात्मा बसाउने आसन बनाउ यसबाट नै तिमीहरुलाई शक्ति र आनन्द मिल्नेछ हरेक प्राणीमा परमात्मा परमेश्वरको दर्शन पाउनेछौ,ब्रह्माण्डमा जे जति श्रृष्टि भएका छन् ति सबै ईश्वरकै श्रृष्टि हुन् , त्यसैले मैले कुनै पनि जीवको रगत मासु खाने त सोच्दै न सोचौ,प्राणीहरुलाई अलिकति कष्ट भएको देख्न सक्दिन,माताजी भन्नुहुन्छ कुनै पनि देवी देवताले बलि खाएको छैन,त्यसैले कुनै पनि मन्दिरमा निरिह प्राणीको बध गरेर पाप नबोक तिमीहरुले गरेको त्यो हत्या,हिंसा र देवी देवताले खान्छन भनेर चढाएको रगत मासु सडेगलेको चिजहरुबाट मन्दिर छाडेर जानु पर्ने हुन्छ,तर ईश्वर रोएको छटपटिएको कसले सुन्ने ? तिमिहरुले के लिएर आएका थियौ,के लिएर जान्छौ
केवल पाप र पुण्य मात्र साथमा जान्छ, असहाय गरिब दिन दु:खिलाई हेला नगर तडपिएका आत्माहरुमा ईश्वरको बास हुन्छ,उपकार के हो ? जन्म किन लियौ,शान्ति कसरी प्राप्त गर्ने ? सु:खी कसरी बन्ने जस्ता उपयोगी हृदयस्पशि ज्ञानको वर्षा दिइ रहनुभएको छ !

No comments:

Post a Comment