शाक् + आहार =
शाकाहार मिलेर बनेकोछ ,
शाकाहारी र मांशाहारी प्राणीका विशेषताहरु के-के
हुन् ?
१)
शाकाहारी प्राणीको स्वभाव शान्त र स्थिर किसिमको हुन्छ, तर
मांशाहारी प्राणीको स्वभाव आक्रमक र हिंसक हुन्छ ! उदाहरणको रुपमा मांशाहारी
प्राणी बाघ,चितुवा, कुकुरलाई हेरौ अत्यन्तै आक्रमक र हिंसक हुन्छ ! त्यसको ठिक
विपरित गाई,हरिण,मृगजस्ता शाकाहारी प्राणीहरु शान्त प्रकृतिका हुन्छन.
२)
शाकाहारीहरुमा दया,माया,करुणा,जस्ता कुराहरु प्रसस्त
हुन्छन! उदाहरणको लागि गाई,भैसी,हरिण,मृग आदिलाई हरौ,यिनीहरुले जस्तै भोक,प्यासमा
पनि आफना सन्तानहरुलाई चाटेर ममता पोखिरहेको हुन्छन तर मांसाहारी प्राणीमा
बाघ,सिंह,चितुवा,बिरालोजस्ता प्राणीले तिब्र भोगको अबस्थामा आफनै बच्चालाई पनि
खान्छन .
३)
शाकाहारी प्राणीको अगाडी दाँत छोटा हुन्छन र मसिना हुन्छन तर
मांसाहारी प्राणीहरुमा तिखा र लामा नंग्राका साथै अगाडिका दाँतहरुले मसुलुछेर
खानुपर्ने भएकाले लामा र तिखा हुन्छन.
४)
मांसाहारी प्राणीहरुका आन्द्राहरु छोटा हुन्छन तर शाकाहारी
प्राणीहरुका आन्द्राहरुको लम्बाई मांशाहारीक भन्दा लामा हुन्छन.
५)
शाकाहारी प्राणीहरुले पानी घुट्को लगाएर पिउछन् भने मंशाहारी
प्राणी कुकुर,बाघ,आदिले पानी चाटेर मात्र प्यास मटाउछन्,घुटको लगाएर पीउन
सक्दैनन्.
६)
मांशाहारी प्राणीको आँखा राति प्रकाश पर्दा
तल्कन्छ,उदाहरणको लागि कुकुर, बिरालो,आदिलिन सकिन्छ.
७)
शाकाहारी प्राणीका बच्चा जन्मनासाथ उफ्रने,दौडिने गर्छन,
उदाहरणका लागि गाई को बच्छा,बाच्छी आदि, तर मांशाहारीका बच्चा जन्मेको केहि दिन
सम्म पनि आँखा खोल्न नसकी आमाको आश्रयमा त्यतिकै बसिरहन्छन्,जस्तै कुकुर,बाघको
बच्चा आदि,
शाकाहार र मंशाहारले मानिसमा कस्ता भिन्नता
ल्याउछ,
मानिस शाकाहारी प्राणी हुँदाहुदै पनि आज मंशाहारतर्फ
लम्केकोछ,शकाहारले मानिसलाई सत्व गुणको विकास गराऊदछ,जसले मानवीय स्वभावलाई शान्त
प्रकृतिको बनाउछ,रिस कम उठ्छ,अरुप्रति दया,माया,सहानुभूति,सहृदयता ,सदासयताजस्ता
कुराहरुले विकास गराउदछ,तर मंशाहारले मानिसमा रिस,राँगा द्रेस जस्ता कुराको विकास
गराउद्छ,जसले गर्दा सोचाई र चिन्तनमा नकारात्मक प्रभावपारि सानो कुरामा पनि बढी
रिस उठ्न,हिंसात्मक बिचार आउने क्रूर र निर्दयी प्रवृतिको विकास हुनजान्छ,भोजनको
प्रभाव प्रत्यक्षरूपमा मन र शरीरमा पर्दछ,परापुर्ब कालदेखि चल्दै आएको उखान “ हरियो
पात खाने किराको रंग पनि हरियो नै हुन्छ ”
वा “ जस्तो खायो अन्न उस्तै बन्यो मन ” यो
भनाइले पनि सम्पूर्ण कुरालाई छर्लङ्ग्याउछ,
मांशहार किन गर्ने त ?
मांशहार किन गर्ने त ? स्वादको लागि,या शक्तिका
लागि ? स्वादको लागि भोजन गर्नु र आफ्नो उपभोगका लागि अरुको हत्या गर्नु निश्चय नै
बाच्नको लागि खानु नभई खानकै लागि बाच्न खोज्नु हो , मानव जीवनलाई यस किसिमको भोजन
र स्वादमा सिमित गराई जीवन जिउनु निश्चय
नै बिडम्बनापूर्ण कुरा हो.
हाम्रो समाजमा
एउटा भ्रम अझै छ कि माछा-मासु खाएन् भने त तागत आउदैन,कम्जोर भइन्छ,स्वास्थ्य
बिग्रन्छ तर यो होइन,संसारमा शाकाहारी प्राणी नै बढी बलवान र शकिशाली पाईएक छन्
,उदाहरणको रुपमा सबैभन्दा छिटो दौडन सक्ने र फुर्तिलो जनवार मृग ,स्थलजीवमा
सबैभन्दा ठुला जीव हाथी,गैडा पनि शाकाहारी हुन् ,त्यसगरी आज बिज्ञानले शक्ति (POWER) लाई नाप्दा जसको नाम लिन्छ र प्रतेक शक्ति
श्रोतमा नामांकित भएको हुन्छ,त्यो हो अश्व शक्ति (HORSE POWER )घोडा शाकाहारी प्राणी हो,यसबाट यो पुष्टी हुन्छ कि
शाकाहारी भोजनमै बल र शक्ति छ, केवल हामीले बुझेका छैनौ वा बुझ्ने कोशिस नै
गरिरहेका छैनौ,यसलाई स्पष्ट गर्न तलको तालिकालाई अध्यन गरौ,यसबाट शाकाहार र
मंशाहार भोजनबाट कुन कुन तत्वहरु के कति मात्रामा प्राप्त हुन्छ र शरीरलाई आवश्यक
तत्व प्राप्त गर्न मांशाहारी भोजन को पछाडी नदौडिकन शाकाहारबाट नै बढी शक्तिदायक
तत्वहरु प्राप्त हुन्छ भन्ने कुरा स्पष्ट गर्दछ !
प्रति १०० ग्राम खाधान्न प्राप्त हुने तत्वहरु यस
प्रकार छन् !
|
नामहरु
|
शक्ति
Calory
|
प्रोटिन ग्राम
|
चिल्ला fat
|
कार्बोहाइडेट
|
रेशा
|
क्याल्सियम मि.ग्रा
|
फलाम
मि.ग्रा
|
भिटामिन ए युनिट
|
|
भटमास
|
४३२
|
४३.२
|
१९.५
|
२०.९
|
३.७
|
२४०
|
११.५
|
७१०
|
|
मसुरोकोदाल
|
३४३
|
२५.१
|
०.७
|
५९.०
|
०.७
|
७९
|
४.८
|
४५०
|
|
मुग(सिंगो)
|
३३४
|
२४.०
|
१.३
|
५६.७
|
४.१
|
१२४
|
७.३
|
१५८
|
|
चना सिङ्गो
|
३६०
|
१७.१
|
५.३
|
६०.९
|
३.९
|
२०२
|
१०.२
|
३१६
|
|
चना सिङ्गो
|
२८६
|
०.४
|
-
|
१७६
|
-
|
५
|
०.४
|
०
|
|
मह
|
६४
|
३.३
|
१३.६
|
४.७
|
-
|
१२०
|
०.१
|
१५०
|
|
गाईको दुध
|
३९
|
०.६
|
-
|
९
|
०.७
|
२०
|
०.५
|
१०००
|
|
मेवा
|
४९
|
४.४
|
०.९
|
६.०
|
१.१
|
३९५
|
१६.५
|
३९००
|
|
मेधि
|
५७
|
४.६
|
०.८
|
७.६
|
२.१
|
३९२
|
-
|
-
|
|
फर्सीको मुन्टा
|
९९
|
४.६
|
-
|
७
|
०.८
|
४०
|
०.७
|
३०००
|
|
गiजर
|
१४९
|
१.०
|
९०
|
-
|
-
|
११
|
२.५
|
-
|
|
खसीको मासु
|
१३९
|
१७.०
|
७०
|
-
|
-
|
१५
|
१.५
|
-
|
|
कुखुराको मासु
|
१५८
|
१३.०
|
११५
|
.०५
|
-
|
५५
|
२.८
|
१०००
|
|
माछा
|
९८
|
२२.९
|
.०७
|
-
|
-
|
३५७
|
१.४
|
-
|
यो तालिकाबाट स्पष्ट हुन् आउछ कि मानब शरीरको
लागि अवश्यक पर्ने सम्पूर्ण तत्वहरु शाकाहारी भोजनबाटै पूर्णरुपमा प्राप्त हुन्छन,
यसका लागि मंशाहारी भोजन आवश्यकता पर्दैन !
No comments:
Post a Comment